श्रीलंकाविरुद्ध रश्मी र रेखालाई मौका

साफ महिला च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलका लागि नेपालको सुरुवाती ११ मा  दुई खेलाडी परिवर्तन गरिएकाे छ । नेपालका मुख्य प्रशिक्षक कुमार थापाले श्रीलंकाविरुद्ध अघिल्लो भुटानविरुद्धवको खेलका दुई खेलाडी परिवर्तन गरेका हुन् ।

यसअघि टिममा रहेकी सावित्रा भन्डारी र अमिषा कार्कीको स्थानमा श्रीलंकाविरुद्ध रश्मी घिसिङ र रेखा पौडेल पहिलो रोजाईमा मौका पाएका छन्  । सावित्रा डेंगु संक्रमणका कारण खेलमा अनुपस्थित हुने भएकी हुन् । यस्तै, मन्जली कुमारी योन्जनसमेत खेलमा उपलब्ध हुने छैनन् ।

नेपाली टिमः
एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान, गोलकिपर), गीता राना, पुनम जर्घामगर, अमृता जैसी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, रेखा पौडेल, रश्मी घिसिङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *