सन्दीप लामिछानेको समर्थनमा प्रदर्शन

सन्दीप लामिछानेको समर्थनमा वीरगञ्जमा शुक्रबार प्रदर्शन गरिएको छ। लामिछानेलाई बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लगाउँदै घटनाको सत्य तथ्य छानबिन गर्न उनका समर्थकहरूले वीरगञ्जस्थित घण्टाघर चोकमा विरोध प्रदर्शन गरेका हुन् ।

यस क्रममा उनीहरू विभिन्न नाराहरू लेखिएको पम्प्लेट प्रदर्शन गरेका थिए । दोषी करार नहुँदै कसैको चरित्र हत्या गर्न मिल्दैन, महिला मुखी अधिकार कानुन हुँदैन, पुरुषलाई दमन गर्न पाउँदैन, घटनाको सत्य तथ्य छानबिन गर लगायत भन्दै उनीहरुले नाराबाजीसमेत गरेका थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *