प्रभु बैंकका ग्राहकले काठमाडौं नेत्रालयको सेवामा विशेष छुट पाउने

प्रभु बैंकका ग्राहकले काठमाडौं नेत्रालयको सेवासुविधामा विशेष छुट पाउने भएका छन् । बैंकले १९ भदौमा दिन गोल्फुटारस्थित काठमाडौँ नेत्रालय प्रा.लि.सँग विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सोसम्बन्धी सम्झौता पत्रमा बैंकका तर्फबाट हात्तीगौँडा शाखा कार्यालयका प्रमुख कृष्ण दवाडी र काठमाडौँ नेत्रालयका तर्फबाट निर्देशक रोहित सैँजुले हस्ताक्षर गरेका छन् ।

बैंक र उक्त हस्पिटलबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैकिङ कारोबार गरिरहेका ग्राहकहरूले काठमाडौँ नेत्रालयद्वारा सञ्चालित सम्पूर्ण सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

सो सम्झौताअन्तर्गत काठमाडौँ नेत्रालयमा सुविधा लिन चाहने बैंकका ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैकिङ, इन्टरनेट बैकिङ च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, काठमाडौँ नेत्रालयका उल्लेखित सेवाहरूमा आकर्षक छुट हुने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । उक्त सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने विश्वास रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *