१ असोजदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौं । यसवर्षको दशैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ १ असोजदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले दशैँमा काठमाडौं छाड्ने यात्रुहरुले असोज १ गतेदेखि अग्रिम टिकट बुकिङखुलाउने निर्णय गरेको हो ।

यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति भएको छ । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने/गराउने सहमति भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *