इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।

काठमाडौं महानगरपालिका-२५ नम्बर वडा कार्यालयले एक सूचना जारी गर्दै इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, भेडा स्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल(माटोको भाँडा कुँडा)को लगायत अन्य व्यापार व्यवसाय हटाउन निर्देशन दिएको हो ।

वडा नम्बर २५ अध्यक्ष राजेश शाक्यका अनुसार असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ-बायाँ(दूध डेरी)मा रहेका पसलहरु हटाउन निर्देशन दिएको हो ।

२४ घण्टा समय दिएर हामीले काठमाडौंको सौन्दर्यता, पर्यटन र ऐतिहासिक वस्तुलाई असर पर्ने व्यवसायहरु हटाउन निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *