लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले बीमा समितिले तोकेको चुक्तापुँजी पुर्याउन हकप्रद सेयर जारी गर्ने भएको छ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले बीमा समितिले तोकेको ५ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन हकप्रद जारी गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत हकप्रद अर्थात् १०.८८४५ अनुपातमा हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको हकप्रद जारी गर्ने निर्णय गरेको हो।
कम्पनीले हकप्रद जारी गर्ने निर्णय स्वीकृतिका लागि बीमा समितिमा पठाउनेछ। बीमा समितिबाट स्वीकृति भएपछि आगामी साधारणसभाबाट अनुमोदन गरी हकप्रद जारी गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।
Artha Sanjal






