उपत्यकाका नयाँ सहर निर्माण गर्ने योजनाको प्रस्ताव मन्त्रिपरिषदमा पेश

काठमाडौंको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् मा पुगेको छ। उत्तरपूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ सहर बनाउने योजनासम्बन्धी प्रस्ताव सहरी विकास मन्त्रालयले मन्त्रिपरिषदमा लगेको हो।

जग्गा एकीकरणका माध्यमबाट सबै घडेरीमा सडक, बत्ती, ढल, इन्टरनेटलगायत पूर्वाधार लैजाने योजना आयोजनाले बनाएको छ । तर, जग्गा एकीकरण गर्दा जग्गाधनीको करिव ४५ प्रतिशत जग्गा जाने भएकाले स्थानीयवासीले पारदर्शी नभएको भन्दै विरोध जनाएका छन्।

प्रस्ताव गरेको तीन वर्षसम्म पनि आयोजनाले मूर्त रूप नलिएपछि खाली जग्गा भरिने, जणा खण्डीकरण भई अव्यवस्थित सहर निर्माण हुने भन्दै छिटो काम हुनुपर्ने माग स्थानीयवासीले राख्दै आएका छन्।

यसैबीच, सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७८र०७९ मा ७० प्रतिशत बजेट खर्च गरेको जनाएको छ। मन्त्रालयका लागि सुरुमा चालूतर्फ १ अर्ब ९४ करोड र पुंजीगततर्फ २८ अर्व ९० करोड विनियोजन भएको थियो ।  पछि संशोधित बजेटमा भने ३० अर्ब ८१ करोड विनियोजन भएको थियो । आजको कारोबार दैनिकबाट

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *