नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी ९७ हजार ३०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार पनि सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी ९६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार २५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार मूल्य स्थिर रहँदै चाँदी १ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो।







