सिभिल बैंकका ग्राहकहरुलाई Let Me In मा विशेष छुट

सिभिल बैंक लिमिटेडले आफ्ना कर्मचारी र ग्राहकहरुलाई काठमाडौंको नयाँ बानेश्वरस्थित Let Me In  मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंककातर्फबाट बाग्मती प्रदेश प्रमुख सुरज दाहाल र Let Me In को तर्फबाट प्रबन्ध निर्देशक जोन मर्हजनले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता कार्यक्रममा सिभिल बैंक लिमिटेडको प्रधान कार्यालयका Manager-Transaction Banking कास्येप मानन्धर र नयाँ बानेश्वर शाखाकी प्रमुख अनुसा श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त Let Me In सौन्दर्य सम्बन्धि विशेष उपचारहरुमा (Skin Boosting, Botox, Hair removal (Laser), Fillers, Inno: Brightening Facial) १३ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास अगाध स्नेह र माया बैंक प्रतिको विश्वासले मुलुकभर ११५ शाखा कार्यालय, १३ एक्सटेन्सन काउन्टर र ९९ एटिएमका साथै संस्थागत सुशासन,जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

आगामी दिनमा पनि यस किसीमको ग्राहकको सेवा सुविधा र छुटका लागि विभिन्न संघ-संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका सम्झौताका कार्यक्रमहरु गर्ने कुरा समेत उक्त बैंकका बाग्मती प्रदेश प्रमुख सुरज दाहालले जानकारी दिनुभयो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *