श्रावन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने

नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि यहि साउन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको छ । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको हो ।

यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुनेछ । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति  गर्न लागिएको हो ।

स्तरोन्नतिकार्य अष्ट्रियाका प्राविधिकहरुले गर्ने छन् । स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने कम्पनीले जनाएको छ । यस अबधिभर केबलकार सेवा बन्द रहेता पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने कम्पनीको भनाई छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *