बागमतीका १४ नेताकार्यकर्तालाई प्रशिक्षण दिँदै एमाले अध्यक्ष ओली

 नेकपा एमालेले आज (बुधबार) बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दैछ । यसअघि एक नम्बर प्रदेशको विराटनगरमा र मधेशको जनकपुरमा प्रशिक्षण गरिसकेपछि बुधबार राजधानीस्थित प्रज्ञा भवनमा बागमती प्रदेशस्तरीय प्रशिक्षणको आयोजना गरिएको हो ।

प्रशिक्षणमा प्रदेशका अध्यक्ष, उपाध्यक्ष, जिल्लाका पदाधिकारी, जनवर्गीय संगठनका केन्द्रीय प्रतिनिधि, प्रदेश कमिटीका अध्यक्ष, पालिका अध्यक्षलगायत गरी करिब १४ सय प्रतिनिधि सहभागी हुने एमाले नेता आनन्द पोखरेलले बताए ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र नेता काशीनाथ अधिकारीले प्रशिक्षण दिनेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *