प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता हुँदै

प्रभु लाइफ इन्स्योरन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता हुने भएको छ । आज साँझ एक कार्यक्रमको आयोजना गर्दै यी दुई कम्पनीबीच मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गर्न लागेका हुन् ।

उक्त सम्झौता होटल अलफ्टमा हुन लागेको छ । सम्झौता पत्रमा दुई कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गर्ने भएका हुन् ।

शेयर स्वाप रेसिया १ः१ अनुपातमा रह गरि सम्झौता हुन लागेको जनाईएको छ । मर्जरपछि यस कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने सहमति भएको जनाईएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *