सत्ता सझोदार नेकपा माओवादी केन्द्रले विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्मालाई फिर्ता बोलाउने गरी छलफल थालेको छ । बजेट निर्माणका क्रममा गत जेठ १४ गते राति अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा मुछिएका शर्मालाई राजीनामा दिन चौतर्फी दबाब छ ।
यसैबेला उनलाई माओवादीका सांसदसमेत रहेका शर्मालाई पार्टीले फिर्ता बोलाउने गरी छलफल गरिरहेको छ । माओवावादी नेता हरिबोल गजुरेलका अनुसार यसबारे अहिले छलफल भइरहेको र केहीबेरमा निर्णय आउने छ । ‘हामी अहिले आन्तरिक छलफलमा छौं’, अनलाइनपानासँग उनले भने, ‘यसबारे केहीबरेमा निर्णय आउँछ ।’
अर्थ मन्त्रालयले सीसीटिभी फुटेजसमेत १३ दिनमै मेटिएको भनेपछि अर्थमन्त्री शर्मा थप विवादको भूमरीमा फसेका हुन् । उनलाई राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न प्रमुख प्रतिपक्षी एमालेसँगै सत्तारुढ कांग्रेसकै नेताहरुले पनि बबाद बढाएका छन् ।






