नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार असार २७ बाट

नबिल र नेपाल बंगलादेश बैंकले असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछन् । नबिल बैंकको नामबाट एकीकृत कारोबार हुने भएकाे हाे । दुई बैंकको जेठ ७ गते सम्पन्न सभाले  एक्विजिसन प्रस्ताव पारित गरेकाे थियाे ।

केन्द्रिय बैंकले यी दुई बैंकको एक्विजिसनको लागि असार १५ गते अन्तिम स्वीकृति दिएको थियो । नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि बन्ने नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् ।

नबिल बैंकले केही दिन पहिले मात्रै बंगलादेशका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र ढुंगानालाई सीइओ नियुक्त गरिसकेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *