पुनर्बीमा सम्बन्धी नयाँ निर्देशन जारी, यस्ता छन् व्यवस्था

बीमा कम्पनीहरुले सम्पुर्ण पुनर्बीमा स्वदेशमै गर्न पाउने भएका छन् । बीमा समितिले पुनर्बीमा सम्बन्धि एक परिपत्र जारी गर्दै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई शतप्रतिशत पुनर्बीमा नेपाली पुनर्बीमा कम्पनीलाई दिन सकिने व्यवस्था गरको हो ।

शुक्रबार बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै भनेको छ, ‘बीमकले पुनर्बीमकलाई प्रदान गरेको प्रत्यक्ष हिस्सा पश्चात बाँकी रहेको हिस्साको शतप्रतिशतसम्म पुनर्बीमा नेपाली पुनर्बीमकलाई दिन सक्नेछ ।’

त्यस्तै, समितिले पुनर्बीमकलाई बीमकबाट प्राप्त नेपाल सरकारले निर्धारण गरे बमोजिमको प्रत्यक्ष हिस्सा पुनर्बीमकले कुनै पनि अवस्थामा अस्वीकार गर्न नपाउने व्यवस्था समेत गरेको छ । यससंगै पुनर्बीमा कम्पनीहरुले जीवन बीमा कम्पनीको जुनसुकै जोखिमको २० प्रतिशत आफैले बहन गर्नु पर्ने भएको छ ।

स्वदेशी पुनर्बीमकले प्राप्त फ्याकल्टेटिभ प्रस्ताव पुर्ण वा आंशिक रुपमा गर्न नसकेको खण्डमा त्यस्तो पुनर्बीमा कम्तिमा एएम बेष्ट रेटिङ एजेन्सीको बि प्लस रेटिङ वा सो सरहको रेटिङ भएको पुनर्बीमा कम्पनीलाई दिन सकिने समितिले जनाएको छ । दक्षिण एशियाली राष्ट्रमा रहेको सरकारी स्वामित्वमा रहेका पुनर्बीमकको हकमा रेटिङ सम्बन्धी व्यवस्था लागु नहुने समेत बीमा समितिको भनाई छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *