बिपिडब्लू लघुवित्तले आईपीओ ल्याउने: धितोपत्र बोर्डमा दियो आवेदन

बिपिडब्लू लघुवित्त वित्तीय संस्थाले साधरण सेयर आईपीओ निष्कासन गर्ने भएको छ। सेयर निष्काशनका लागि संस्थले नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिएको छ।

बोर्डबाट निष्कासन अनुमति पाएपछि लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता आईपीओ जारी गर्नेछ । यस लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ।

लघुवित्तले जारी पुँजीको ३२.३३ प्रतिशत रकमको आईपीओ जारी गर्नेछ। कम्पनीको गत पुस ३० गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *