भोकमारी हटाउन पातारासीले बनाउँदैछ खाद्यअधिकार तथा कृषि रणनीतिक योजना

संविधानले ग्यारेण्टि गरेकाे खाद्य, अधिकार तथा  खाद्य स्वच्छता तथा खाद्य सम्प्रभूता, मौलिक हकलाई कार्यान्वयन गर्न पातारासी गाउँपालिकाले खाद्यअधिकार तथा कृषि रणनीतिक योजना बनाउन थालेकाे छ ।

खाद्यमा नागरिकको पहुँच सुनिश्चित गर्न पातारासी गाउँपालिकाका  प्रमुख, उपप्रमुख, कर्मचारीहरू र  सरोकारवालाहरूको सहभागितामा खाद्य अधिकार तथा  कृषि रणनीतिक याेजना  निर्माण गर्न थालिएको  विश्व खाद्य कार्यक्रमका कर्णाली प्रदेश संयोजक भानु लिम्बूले बताए । पातारासीमा खाद्य अधिकार तथा कृषि रणनीतिका योजनाको मस्यौदा निर्माण गर्न छलफल सुरु भएको छ ।

नेपाल सरकारको खाद्य अधिकार तथा  कृषि रणनीतिको योजनाको कार्यान्वयन, यसको मुल्याङ्कन तथा अनुगमनसम्बन्धी पातारासीका निर्वाचित जनप्रतिनिधि र सरोकारवालाबीच तीन दिने गोष्ठी गरिएको हो । संयोजक लिम्बूले भने, ‘कर्णाली प्रदेश कृषि मन्त्रालयको आर्थिक सहयोग, पातारासी गाउँपालिकाको कृषि शाखाको आयोजना र विश्वखाद्य कार्यक्रमको समन्वयमा यस्ता कार्यक्रम गरिएको हो ।’

खाद्य अधिकार तथा कृषि रणनीतिक योजना बनाउन पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *