एसपीपीबारे अमेरिकालाई लेखिएको सबै पत्र संसदमा ल्याउन प्रधानमन्त्रीसँग नेम्वाङको आग्रह

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) बारे अहिलेसम्म अमेरिकालाई लेखेको सबै पत्र संसदमा ल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । संसद दिवसको अवसरमा नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको १५ औँ दिनमा सेनाबाट अमेरिकालाई पत्र लेखिएको खुलेको तर, उक्त चिठीबारे तत्कालीन प्रधानमन्त्री ओलीलाई कुनै जानकारी नभएको बताए ।

उक्त पत्र यतिकै झुन्डिएर बस्न नहुने नेम्वाङले बताए । ‘हामी जिम्मेवार दल भएको ठाउँमा किन यतिकै झुन्डिएर बसेको छ । त्यतिबेला सेनाले चिठी लेखेको रहेछ । पछि पनि गएको देखिन्छ,’ उनले भने, ‘त्यो सम्पूर्ण चिठी रक्षा मन्त्रालय र सेनासँग छ । त्यो सबै चिठी संसदमा प्रस्तुत गरिदिनुस् न प्रधानमन्त्रीज्यू ।’

कार्यक्रममा सम्बोधन गर्दै उनले एमालेका पुराना स्वर्गीय नेता मनमोहन अधिकारीले कुनैपनि संसद बैठक नछाड्ने गरेको स्मरण गरे ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *