एमाले अध्यक्ष ओलीलाई भेट्न गृह र कानुनमन्त्री बालकोटमा

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्द बन्दी बालकोट पुगेका छन् । शुक्रबार साँझ दुई मन्त्री ओलीनिवास पृुगेका हुन् ।

गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसीका अनुसार नागरिकता विधेयकबारे छलफल गर्न दुई मन्त्री ओली भेट्न गएका हुन् । नागरिकता विधेयक अघि बढाउने तयारी सरकार छ ।

त्यसका लागि दलीय सहमति जुटाउन सरकारका मन्त्रीले प्रमुख विपक्षी दललाई विश्वासमा लिने प्रयासमा लागेको बुझिएको छ । पछिल्लो समय गृहमन्त्री खाणलगायतका मन्त्रीहरुले नागरिकता विधेयकबारे छलफल तीव्र बनाएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *