मन्त्री आलेले गोली हान्ने र कुट्ने धम्की दिएको भन्दै अधिकारीले दिए प्रहरीमा निवेदन

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसर टेकुमा निवेदन दिएका छन् ।

आलेबाट हातपात र दुर्व्यवहार भोगेका अधिकारीले दुवै कार्यालयमा आफैँ उपस्थित भएर बुझाएको निवेदनमा मन्त्री आलेले गोली हान्ने र कुटपिट गर्ने धम्की दिएको उल्लेख छ ।

पर्यटनमन्त्री आलेले नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारीमाथि हातपात गरेको घटना हिजो बाहिरिएको थियो । अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर आलेले अश्लील गालीगलौज गर्दै कार्यकक्षमै हातपात गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *