विद्युतीय गाडीमा बढाइएको कर फिर्ता गर्न सरकारसँग माग

विद्युतीय गाडीमा बढाइएको कर फिर्ता गर्न सरकारसँग माग गरेको छ। विद्युतीय गाडी भविष्य भएकाले कर बढाउनु उचित नभएको बताएको हो।

नाडाका अध्यक्ष धुब्र थापाले सबै देशले विद्युतीय गाडीलाई प्रवद्वन गर्दा नेपालमा कर बढाएको बताउनुभयो । सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने बताएपनि कर बढाएको बताउनुभयो । उहाँले नेपालको विद्युत खपत बढाउन विद्युतीय गाडी प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो ।

सरकारले बढी डलर बाहिर गएको भन्दै कर बढाएकोमा पेट्रोल डिजेलको हिसाब नगरेको बताउनुभयो। नाडा ईभी समिति संयोजक तथा उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालको सडक अवस्था अनुसार १०० किलोवाट बढीका गाडी विलासिता नभएको बताउनुभयो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *