सरकारले २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महसुल लगाउने भएको छ ।
२५० देखि ५०० सीसीसम्मकोमा ७० प्रतिशत र ५०० भन्दा माथिका मोटरसाइकलमा ८० प्रतिशत भन्सार बढाइएको हो ।
हाल सबै दुईपांग्रेमा ३० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था रहेको थियो । अब २०० सीसीभन्दा कम सीसीका मोटरसाइकल तथा स्कुटरमा ३० प्रतिशत र त्यो भन्दा माथिका मोटरसाइकलमा ४० देखि ८० प्रतिशत भन्सार महसुल लाग्ने भएको हो ।
Artha Sanjal






