८०० किलोमिटर सडक सञ्जाल थप्ने सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा थप ८०० किलोमिटर सडक सञ्जाल थप्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षमा थप ८०० किलोमिटर सडक सञ्जाल थपिने जनाएका हुन् । त्यसै गरी २५७ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना रहेको जनाएका छन् ।​

यस्तै‚ पूर्व-पश्चिम राजमार्ग स्तरोन्नतिका लागि ३० अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । दुर्गम जिल्ला हुम्ला पनि अब राष्ट्रिय सडक सञ्जालमा जोडिने पनि शर्माले बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *