बस दुर्घटनामा परी मृत्यु भएका परिवारलाई ५ लाखका दरले बिमा रकम हस्तान्तरण

बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिमा परिवारलाई ५ लाखपैयाँका दरले बिमा रकम हस्तान्तरण गरिएको छ ।

गत असोज २६ गते नेपालगञ्जबाट आउँदै गरेको यात्रुवाहक बस पिना खोलामा दुर्घटना हुँदा ३३ जनाको ज्यान गएको र ११ जना घाइते भएका थिए ।

बस दुर्घटना भएको करिब ९ महिनापछि लुम्बिनी इन्स्योरेन्स प्रालिबाट निकासा भएको बिमाबापतको १ करोड ६५ लाख रकम मृतकका परिवारलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।श्रीमान् गुमाएको ९ महिनापछि बिमा रकम पाइयो, छायाँनाथ रारा नगरपालिका कार्कीबाडा गाउँकी धौली कार्कीले भनिन्, श्रीमान् फर्किने छैनन् यो बिमाको पैसाले तीन छोरीलाई पढाउनुपर्‍यो ।

मृतकका परिवारलाई नगरपालिकाले प्रतिव्यक्ति ५० हजार प्रदेश सरकारले पनि १ लाख रुपैयाँ उपलब्ध गराएको छ । दुर्घटनामा परेका घाइते बिरामीलाई हवाई उद्धार भाडा रकम र जिल्ला अस्पतालमा उपचारबापतको रकम सरकारले अहिलेसम्म निकासा नगर्दा समस्या भएको प्रजिअ महतले बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *