इन्धनको मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई चौतर्फी दबाब, ध्यानाकर्षण गराउन युवाहरु निगमको कार्यालयमा

पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धि फिर्ता लिन माग गर्दै युवाहरुले नेपाल आयाल निगमलाई ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन् । स्थानीय तह चुनाव सकिएलगत्तै एक हप्ताकै बिचमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि फिर्ता लिन चौतर्फी दबाबमा सरकार परेको छ ।

सत्ता गठबन्धननिकट विद्यार्थी संगठबनहरुले आज (बुधबार) नै निगम घेराउ गरेका बेला स्वतन्त्र युवाहरुले पनि मूल्यवृद्धि फिर्ताको माग गर्दै ध्यानाकर्षण पत्र बुझाउन लागेका हुन् । ध्यानाकर्षण पत्र बुझाउन निगमको कार्यालय पुगेका युवाहरुले ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर !, नालायक सरकार मुर्दावाद !’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *