पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धि फिर्ता लिन माग गर्दै युवाहरुले नेपाल आयाल निगमलाई ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन् । स्थानीय तह चुनाव सकिएलगत्तै एक हप्ताकै बिचमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि फिर्ता लिन चौतर्फी दबाबमा सरकार परेको छ ।
सत्ता गठबन्धननिकट विद्यार्थी संगठबनहरुले आज (बुधबार) नै निगम घेराउ गरेका बेला स्वतन्त्र युवाहरुले पनि मूल्यवृद्धि फिर्ताको माग गर्दै ध्यानाकर्षण पत्र बुझाउन लागेका हुन् । ध्यानाकर्षण पत्र बुझाउन निगमको कार्यालय पुगेका युवाहरुले ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर !, नालायक सरकार मुर्दावाद !’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका छन् ।



Artha Sanjal






