युगान्डामाथि नेपालको पहिलो जित

 नेपालले पाहुना टोली युगान्डाविरुद्धको महिला टी–२० अन्तर्राष्ट्रि क्रिकेटमा पहिलो जित निकालेको छ। टियु क्रिकेट मैदानमा शुक्रबार भएको चौंथो खेलमा युगान्डालाई १५ रनले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।

नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित१८ ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । युगान्डाका लागि जनेट बाबाजीले सर्वाधिक २१ रन जोडिन् । रिता न्यान्गेन्डो र इभ्लिन एनिपोले समान १६÷१६ रन जोडे। केभिन विनोले ११ रन बनाइन् ।

नेपालकी हिरन्मायी रोयले दुई विकेट लिइन् । रोयले डेब्यु खेलमै विकेट लिएकी हुन् । यस्तै अश्मिना कर्माचार्य र रुबिना क्षेत्रीले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७ ओभर ५ बलमा अलआउट हुँदै ९७ रन बनाएको थियो ।

मैदान ओसिलो भएको कारण ढिला सुरु भएपछि खेल १८ ओभरमा घटाईएको थियो । तर, नेपालले पुरै ओभर खेल्न सकेन । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक १७ रन जोड्दा बिन्दु रावलले १६ रन बनाइन् । यस्तै सिता राना मगर ११ रनमा आउट भइन् भने डोली भट्टले ६ रन जोडिन् ।

अस्परी बेगम ४ तथा कप्तान रुबिना क्षेत्री र इन्दु वर्मा समान १÷१ रनमा आउट भए । अश्मिना कर्माचार्य ६ तथा डेब्यु खेलाडी हिरन्मयी रोय सुन्य रनमा आउट भए । कविता कुँवर ६ रनमा अविजित रहिन् ।

युगान्डाकी कोन्सी अवेकोले ३ विकेट हात पारिन् । सराह एकिटेङले २ विकेट लिइन् । यस जितसँगै नेपालले सिरिज क्लिन स्विप हुनबाट जोगाएको छ । तर, पाँच खेलको सिरिजमा नेपाल ३–१ ले पछि रहेको छ । युगान्डाले सिरिज यस अघि नै जितिसकेको छ । पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शनिबार अन्तिम टी–२० खेल्न खेल्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *