काठमाडौं अपडेट : बालेनको भोट २१ हजार भन्दा बढी

काठमाडौं महानगरको जारी मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २१ हजार भोट कटाएका छन् । ५४, ६२१ भोट गणना हुँदा बालेनले २१, १११ भोट पाए भने उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापित १०, ९९८ भोटमा सीमित भएका छन् ।

त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १०, १७३ भोट ल्याएकी छन् ।

जारी मतगणनामा काठमाडौंको २८ नम्बर वडामा समेत स्थापित पछि परेका छन् । जुन वडा स्थापितको हो । यहाँ बालेनले ३७८ भोट ल्याए भने स्थापितको ३४५ मात्रै आयो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *