धरान उपमहानगरपालिकाको मत गणना रोकियो

धरान उपमहानगरपालिकाको मत   गणना रोकिएको छ ।

नेकपा माओवादी केन्द्रका कार्यकर्ताले वडा नम्बर २० को मत परिणाममा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएपछि मत गणना रोकिएको हो ।

मत गणनामा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिइरहेका छन् । उनले ८ हजार ४६ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार किशोर राई ७ हजार ९९६ मत ल्याउँदै पछ्याइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *