काठमाडौँ । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक नभएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकमाथिको छलफलका भाग लिँदै सिंहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको बताएका हुन् ।
संसदमा प्रश्न गर्दै उनले भने, ‘अहिले पनि निजगढ विमानस्थल बनाउने कुरा चलिरहेको तर विदेशीको ऋण लिएर त्योम गर्न आवश्यक नभएको सांसद सिंहले ‘के भैंसी चराउनका लागि सो विमानस्थल बनाउन लागिएको हो ?’
उनले भने ‘निजगढ एयरपोर्ट बनाउने कुरामा मेरो आपत्ति छ । किनकि निजगढ एयरपोर्ट यता दुई वटा इन्टरनेशनल एयरपोर्ट काम गर्न सकिरहेका छैनन् । अर्को निजगढ एयरपोर्टको आवश्यक्ता के ? खाली फास्ट ट्रयाक जोड्नका लागि एयरपोर्ट चाहिन्छ ? त्यो आवश्यक छैन । त्यसकारणले विदेशीको ऋण लिने, त्यो ऋण लिएर एयरपोर्ट बनाउने । तर, त्यसमा सोही अनुसारको व्यवस्था नहुने । र, अहिले पनि बजारमा भनिएको छ कि निजगढ एयरपोर्ट बनाउने । मधेशमा भैंसी धेरै पाउँछ, के त्यहाँ भैंसी चराउनका लागि एयरपोर्ट बनाउने ?







