वैशाख २८ गतेबाट निष्काशन भएको रिभर फल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा चौथो दिन जेष्ठ ४ गते बिहान १०ः०० बजे सम्म ७।५५ गुणाले ओभर सब्सक्राइब भएको छ ।
२७ लाख ३० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५ सय कित्ता तथा कर्मचारीलाई २ प्रतिशत बराबर ५४ हजार ६ सय कित्ता छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता शेयर निष्काशन गरिएकोमा निष्काशनको तेश्रो दिन विहान १० बजेसम्म १६ लाख ५७ हजार ९१ जनासर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ९१करोड ७१ लाख रकम बराबरको १ करोड ९१ लाख ७१ हजार कित्ता शेयरको लागि आवेदन परेको छ । यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।
आइपिओ निष्काशनका लागि गराएको रेटिङ्गमा यो कम्पनीलाई रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले “केयर एनपि डबल बि माइनस आइएस” रेटिङ्ग ग्रेड प्रदान गरेको छ । उक्त रेटिङ्ग ग्रेडले यो कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ ।
यो आइपिओमा लगानी गर्न चाहने लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । २०७९ जेष्ठ २८ गतेबाट निष्काशन भएको आइपिओमा आवेदन दिने आज अन्तिम दिन हो । यो आइपिओमा आवेदन दिन आज अपरान्ह ५ः३० बजेभित्र लगानीकर्ताले आफ्नोबैंक खाता रहेको बैंकको कुनै पनि शाखामा गई सिआस्बा मार्फत वा मेरोशेयरको माइआस्बा मार्पmत आवेदन दिइसक्नु पर्नेछ ।






