वीरगंजमा गठबन्धनका राजेशमान ६ हजार मतले अगाडि

वीरगंज महानगरपालिकामा गठबन्धनबाट जनता समाजवादी पार्टीका मेयर उम्मेदवार राजेशमान सिंहले ६ हजारभन्दा बढी मत अन्तरले अग्रता लिएका छन् । १० वटा वडाका २३ हजार २२९ मत गणना भइसक्दा राजेशमानले ११ हजार ९९५ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय कुमार सरावगीले ५ हजार ६३५ मत पाएका छन् । राप्रपाका गिरीश गिरीले ४५९ मत पाए ।

उपमेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार इम्तियार आलमले ८ हजार ४२२ मतसहित अग्रता कायम राखेका छन् ।

उपमेयर पदका अर्का प्रत्यासी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्तमलाल झाले १ हजार ४०७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ९७१ र राप्रपाकी विना जयसवालले ७६० मत पाएका छन् ।

हालसम्म वडा नं १, २, ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मतगणना सकिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *