प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं — प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयक, २०८३ बहुमतले पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८३ पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।

विधेयक पारित हुनुअघि विभिन्न मन्त्रालयअन्तर्गतका विनियोजन शीर्षकमाथि सांसदहरूले दर्ता गराएका खर्च कटौती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिएको थियो। ती सबै प्रस्ताव सभाको बहुमतबाट अस्वीकृत भएका छन्।

अर्थमन्त्री वाग्लेले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेका थिए।

विनियोजन विधेयकमाथि असार १ र २ गते प्रतिनिधिसभामा मन्त्रालयगत छलफल भएको थियो।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले बुधबार र बिहीबार दिएका थिए।

प्रतिनिधिसभाको अर्को बैठक असार ५ गते शुक्रबार बिहान ११ बजे बस्ने तय भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *