प्रधानमन्त्रीको तर्फबाट संसद्‍मा अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका हुन् ।

रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेटमाथि उठेका प्रश्नको जवाफ पनि वाग्लेले नै दिनेछन्।

यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पनि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले नै जवाफ दिएका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *