शेयर बजारमा ६.३१ अंकको गिरावट, ४ अर्ब ४ करोडको कारोबार

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । हिजो दोहोरो अंकले घटेर बन्द भएको मार्केट आज पनि ६.३१ अंकले घटेर २७०५.४५ को विन्दुमा बन्द भएको छ ।

आज ३५५ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ४ करोड माथिको शेयर कारोबार भएको छ । आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको १८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । अपोलो हाइड्रोपावरका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावरका लगानीकर्ताले ६.६१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.९० प्रपितशतका दरले गुमाएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *