प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि छलफल जारी रहनेछ।

आज विज्ञान तथा प्रविधि, कानुन, गृह, ऊर्जा, परराष्ट्र, अर्थ, रक्षा मन्त्रालयलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि एकीकृत छलफल हुनेछ।

बैठकमा विभिन्न सांसदहरूले सम्बन्धित मन्त्रालयहरूको खर्च रकम घटाउन खर्च कटौती प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै, सभामुखले पूर्व सांसद मंगल प्रसाद गुप्ताको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *