सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड

काठमाडाैं । सानिगाड हाइड्रो लिमिटेडले गत जेठ १८ गतेदेखि जेठ २१ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट भएको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीको उक्त आईपीओमा कुल २७ लाख ५९ हजार ४९० आवेदन परेको छ । यसमध्ये २७ लाख २७ हजार ५१५ आवेदन सदर भएको छ । कुल आवेदनमा २७ हजार ७२९ आवेदन भने बदर भएको छ ।

कुल सदर आवेदकमध्ये ६ लाख ६७ हजार ४०० जनालाई १० कित्ताका दरले ४६ लाख ७४ हजार कित्ता आईपीओ बाँडफाँड गरिएको लक्ष्मी सनराइन क्यापिटलले जनाएको छ । अन्य आवेदकको हात भने रित्तो भएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *