काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का सञ्चालक सुरजकृष्ण श्रेष्ठ लाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका पवन भट्टराई का अनुसार इस्कोनमा अध्ययनरत बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा श्रेष्ठलाई केही दिनअघि पक्राउ गरी अनुसन्धान सुरु गरिएको हो।
प्रहरीले उनीमाथि बालबालिका सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ। आफूमाथि दुर्व्यवहार भएको भन्दै इस्कोनमा अध्ययनरत केही बालबालिकाले सञ्चालक श्रेष्ठविरुद्ध उजुरी दिएका थिए।
उजुरीका आधारमा पक्राउ गरिएका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक प्रमाण सङ्कलन तथा बयान लिने कार्य जारी रहेको प्रहरीको भनाइ छ।
Artha Sanjal






