लगानी बोर्डको सीईओ नियुक्ति गर्न सिफारिस समितिले माग्यो आवेदन

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन आह्वान गरिएको छ।

प्रमुख कार्यकारी अधिकृत सिफारिस समिति सचिवालयले सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका तथा इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको हो।

योग्यता पुगेका नागरिकले सिफारिस समितिको सचिवालय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय) मा १५ दिनभित्र आवेदन बुझाउन सक्नेछन् । मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानुन, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवद्र्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापन क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय तहको अनुभव हासिल गरेको हुनुपर्नेछ ।

३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । उम्मेदवार सिफारिस समितिको छनोट सम्बन्धी कार्यविधि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय तथा लगानी बोर्ड कार्यालयका वेबसाइटबाट पाउन सकिने समितिले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *