लगानी बोर्डको सीईओमा आवेदान खुल्यो, कति चाहिन्छ योग्यता ?

काठमाडौं। नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन आह्वान गरेको छ।

सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार गठित सिफारिस समितिले योग्य नेपाली नागरिकबाट निवेदन मागेको हो।

आवेदकले अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानुन, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको तथा परियोजना विकास, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, बैंकिङ वा औद्योगिक व्यवस्थापनलगायत क्षेत्रमा कम्तीमा १० वर्ष व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्नेछ।

निवेदन दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने सर्त छ। इच्छुक उम्मेदवारले बायोडाटा, शैक्षिक प्रमाणपत्र, अनुभवका कागजात र रणनीति तथा कार्ययोजना सहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आवेदन दिन सक्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *