नाम्खा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

सिमकोट । हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका प्रेम लामा विजयी भएका छन् । यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका तकदिर लामा विजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित लामाले एक हजार चार सय ६६ मत ल्याएका छन् उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६ सय ६२ मत ल्याउका छन् । उनी नेपाली कांग्रेस निकट छन् ।

यस्तै, उपाध्यक्ष तकदिर लामाले एक हजार ९४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लाक्पानुर्बु लामाले पाँच सय ६५ मत ल्याएका छन् । उनी कांग्रेस निकट हुन् । नाम्खामा तीन हजार एक सय ८२ मत रहेकोमा दुई हजार तीन सय ७१ मत खसेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *