सांसद हर्क साम्पाङ ट्राफिक कारबाहीमा

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)लाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार लापरबाही गरेर सवारीसाधन चलाएकोले राईलाई कारबाही गरिएको हो।

उनले केही दिनअघि एक हातले हेलमेटको फिता पनि नबाँधी मोटरसाइकल चलाएको भिडियो उनी आफैले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए। सोही यात्राका क्रममा उनी उदयपुरमा दुर्घटनामा परेका थिए। सोहि सार्वजनिक भिडियोको आधारमा ट्राफिक प्रहरीले उनलाई कारबाही गरेको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *