काठमाडौं । एपोलो हाइड्रोपावरको शेयर भोलि मंगलाबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ।
कम्पनीको आइपीओ आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।
कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको १४ लाख १० हजार कित्ता (३० प्रतिशत) र संस्थापकको ३२ लाख ९० हजार कित्ता (७० प्रतिशत) रहेको छ।
पहिलो कारोबारका लागि नेप्सेले एपोलो हाइड्रोपावरलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ।
कम्पनीले गत चैत २६ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो।
Artha Sanjal







