भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनतर्फका माओवादी केन्द्र उम्मेदवार रेणु दाहालले अग्रता बढाएकी छन् । १८ हजार ८८३ मत गणना हुँदा रेणुले ६ हजार ३१९ मत प्राप्त गरेकी छन् । एमालेका विजय सुवेदीले ६ हजार २०० प्राप्त गरेका छन् । दाहाल र सुवेदीबीच ११९ मतान्तर रहेको छ ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ८१ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ६९९ मत प्राप्त गरेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार ८२ मत प्राप्त गरेकी छन् ।
Artha Sanjal






