काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको ५६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।
पार्टी प्रवक्ता मनिष झाकाअनुसार अधिवेशनको निर्वाचनको चरणमा रहेका जिल्लाको संख्या १२ वटा छ । एउटा जिल्लाको अधिवेशन स्थगित भएको छ भने पाँच जिल्ला डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ, मुस्ताङमा अधिवेशन भएको छैन ।
रास्वपाको जिल्ला अधिवेशन यही जेठ २३ गतेबाट सुरु भएको हो ।
Artha Sanjal








