साउन १ देखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं। सीडीएस एन्ड क्लियरिङले साउन १ देखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।

सीडीएस एन्ड क्लियरिङले साउन १ देखि पुराना खाता नवीकरण र नयाँका लागि परिचयपत्र अनिवार्य भएको सूचनामार्फत जानकारी गराएको हो।

सूचनामा भनिएको छ, ‘कम्पनीको जेठ १३ को निर्णयानुसार मिति असार १ बाट लागू हुने गरी नयाँ हितग्राही खाता खोल्दा र हाल कायम रहेका हितग्राही खाताको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बरलाई हितग्राहीको विवरणमा समावेश गर्न अनिवार्य गरिएको जानकारी गराइनुका साथै सोहीबमोजिम गर्न गराउन हुन निर्देशानुसार अनुरोध छ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *