काठमाडौं महानगरपालिकामा अहिलेसम्म २७ हजार २०० मत गणना भएको छ । गणना भएको मतमध्ये स्वतन्त्र उमेदवार बालेन शाहले १ हजार ८९९ मत प्राप्त गरेका छन् ।
उनको सुरुवातदेखिको अग्रता कायमै रहेको छ । त्यसपछि नेकपा एमालेका उमेदवार केशव स्थापितले ५ हजार ८४१ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिर्जना सिंहले ५ हजार ११४ मत प्राप्त गरेकी छन् ।







