सनराइज बैंकको एक लाख १० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

सनराइज बैंक लिमिटेडको १ लाख १० हजार २५७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले निर्मल प्रधानको नाममा रहेको उक्त कित्ता संस्थापक शेयर विक्रीका लागि आज आइतवार ३५ दिने सुचना जारी गरेको छ । यो शेयरको मूल्य रू। १६० रहेको छ ।

तोकिएको मितिभित्र बैंकको प्रधान कार्यालय गैरिधारा, काठमाडौंमा रहेको शेयर रजिष्ट्री विभागमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ । यस शेयर खरीदका लागि विद्यमान शेयरधनीहरुले मात्र निवेदन पेश गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *