काठमाडौँ । इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन तस्करी गरेको अभियोगमा विशेष अदालतले नायब सुब्बा रेवन्त खड्कालाई थुनामा पठाउने आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य हेमन्त रावल र विदुर कोइरालाको इजलासले खड्कालाई थुनामा पठाउने आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी गरिएको ८ हजार ४८० ग्राम सुन प्रकरणमा खड्काविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।
Artha Sanjal







