सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । नेप्सेमा सोपान फर्मास्युटिकल्स लिमिटेडको १ करोड ७१ लाख ६० हजार कित्ता आईपीओ सूचीकृत भएको छ।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको १ करोड २८ लाख ७० हजार कित्ता शेयर गरी कुल १ करोड ७१ लाख ६० हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो।

अब कम्पनीको शेयर सोमबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९२ रुपैयाँ १५ पैसादेखि २७६ रुपैयाँ ४५ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर टिकरमा कारोबार हुनेछ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *